
पोखरा स्पोर्ट्स । अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ ।
युएईको आबुधाबीमा गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई २०० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको २९४ रनको लक्ष्य पछाएको बंगलादेश २७.१ ओभरमा केवल ९३ रन बनाएर अलआउट भएको थियो ।
बंगलादेशको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अफगानिस्तानका बलर बिलाल सामीले ५ विकेट लिए भने रशिद खानले ३ विकेट लिए । त्यस्तै बंगलादेशका लागि केवल सैफ हसनले ४३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २९३ रन बनाएको थियो ।
अफगानिस्तानले यस सिरिजको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेल ८१ रनले जितेको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एक्दिवासिय सिरिज ३-० ले जितेको छ ।
