युरोपबाट इङल्याण्ड विश्वकपमा छनौट

पोखरा स्पोर्ट्स ।   इङल्याण्ड युरोपबाट २०२६ को फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो देश बनेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले लात्भियालाई ५-० गोल अन्तरले पराजित गरेसँगै समुह के बाट विश्वकपमा छनौट भएको हो । इङल्याण्डको ६ खेलमा १८ अंक भएको छ र अझै दुई खेल खेल्न बाँकी हुदै विश्वकपमा छनौट भएको छ ।

युरोपबाट यस विश्वकपमा १६ देश छनौट हुदैछन् । जसमा १२ देश समुह विजेताबाट छानिदैछन् भने ४ देश प्लेअफ खेलेर आउदैछन् ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close