सुपर सिक्समा आज एसोसियटको क्लासिको, नेपाल र युएइ आमने सामने

पोखरा स्पोर्ट्स । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् ।

नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्दी युएईविरुद्ध खेल्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ । 

नेपाल र युएईबीचको खेललाई एसोसियट देशहरुको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् । समुह चरणमा दुवै आ-आफ्नो समुहमा विजेता बनेर सुपर सिक्समा २-२ अंक लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिस्चित गर्न चाहन्छन् ।

त्यस्तै सुपर सिक्समा आज ओमान र कतारबीच बिहान ११: ४५ बजेदेखि खेल हुदैछ भने सामाओ र जापानबीच राति ८: ४५ बजेदेखि खेल हुदैछ ।

छनौट प्रतियोगितामा सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समुह विजेता हुदै २-२ अंक लिएर सुपर सिक्समा पुगेका छन् ।

त्यस्तै कतार जापान र सामोआ उपविजेता हुदै सुपर सिक्समा पुगेका छन् । त्यसैगरी समुह ए बाट मलेसिया, समुह बी बाट कुवेत र समुह सी बाट पिएनजी भने समुह चरणबाट बाहिरिएका छन ।

नेपालले सुपर सिक्सको अर्को खेल सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ । त्यस्तै बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका तय भएको छ ।

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । 

टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close