वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारतको शानदार शुरुवात

पोखरा स्पोर्ट्स ।  भारत र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट आज शुरु भएको छ । 

टेस्टमा भारतले टस जितेर पहिला ब्याटिंग रोजेको छ । दिल्लीमा शुरु भएको यो टेस्टको पहिलो दिनको खेल सकिदा भारतले २ विकेट गुमाएर ३१८ रन बनाएको छ ।

भारतका लागि यशस्वी जैसवालले १७३ रन बनाएर खेलिरहेका छन् भने कप्तान शुभमन गिल २० रन बनाएर खेलिरहेका छन् । त्यस्तै साइ सुदर्शनले ८७ रन बनाएर आउट भए भने केएल राहुलले ३८ रन बनाएर आउट भए । 

त्यस्तै दुवै विकेट वेस्ट इन्डिजका बलर जोमेल वारिकानले लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close