रोटरी इन्ट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले पोखरामा ‘स्पोर्ट्स मिट’ आयोजना गर्ने

पोखरा स्पोर्ट्स । देशभरका यूवा रोटरियनहरू पोखरामा हुने खेलकुद प्रतियोगितामा सहभागि हुने भएका छन् ।

यूवा रोटरियनहरुको संस्था रोटरी इन्ट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले आयोजना गर्ने ‘डिस्ट्रिक्ट स्पोर्ट्स मिट’मा  देशभरका यूवाहरु पोखरा आउने भएका छन् ।

सो ‘डिस्ट्रिक्ट स्पोर्ट्स मिट’ आगामी कार्तिक ८ र ९ गते पोखरा रंगशालामा आयोजना हुने इन्ट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का सुशन अधिकारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा महिला/पुरूष बास्केटबल, फुटसल, डोरी तान, ब्याडमिन्टन, टेबुल टेनिसका खेलसंगै एथलेटिक्सतर्फ १००, २००, ४०० मिटर दौड तथा रिले दौड समावेश गरिएको छ ।

प्रतियोगितामा इन्ट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत ८ जोनका १५० जना भन्दा बढि खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति कास्कीले समेत सहजिकरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close