जापानविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

पोखरा स्पोर्ट्स ।  नेपालले जापानविरुद्धको खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका । योसँगै जापानले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत समुह बी मा रहेका नेपाल र जापानले एक एक खेल जितेर प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका छन् ।

दुवैले कुवेतलाई पराजित गरेका थिए । यसका साथै कुवेतले लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेल जित्ने देशले सुपर सिक्समा जादा २ अंक र रनरेटसहित जाने हुनाले दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close