
पोखरा स्पोर्ट्स । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारविरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
अभ्यास खेल आज ओमानको ओमान क्रीकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समय अनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ।
नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेल्न लागिएको हो ।
विश्वकप छनौट अन्तर्गत समुह बी मा जापान र कुवेतसँग रहको नेपालले पहिलो खेल कुवेतसँग बुधबार खेल्दै छ ।
