क्रिस्टल प्यालेसमाथि एभर्टनको रोमाञ्चक जित

पोखरा स्पोर्ट्स । एभर्टनले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको एभर्टनले खेलको अन्तिम समयमा दुवै गोल गरेर खेलमा रोमाञ्चक जित हासिल गरेको थियो ।

खेलको ७६औ मिनेटमा लिमान एनडियायेले पेनाल्टीबाट गोल गर्दै बराबरी गरेको एभर्टनले ९० मिनेटपछिको इन्जुरी समयमा ज्याक ग्रीलिसको गोलमा जित हासिल गरेको थियो ।

यसअघि खेलको ३७औं मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले शुरुवाती अग्रता लिएको थियो ।

यो जितपछि एभर्टनको ७ खेलमा ११ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहको छ । त्यस्तै क्रिस्टल प्यालेसको ७ खेलमा १२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close