मलेसियाविरुद्ध नेपालको ६ विकेटको जित, सिरिजमा कमब्याक

पोखरा स्पोर्ट्स ।  नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा पुजा महतोले ३९ रन बनाएकी थिइन् भने कप्तान  इन्दु बर्माले अविजित २७ रन बनाएकि थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ९१ रन बनाएको थियो ।

यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेकोछ । अब सिरिजको तेस्रो खेल आइतबार हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close