एक खेलअघि नै बंगलादेशले जित्यो अफगानिस्तानविरुद्धको सिरिज

पोखरा स्पोर्ट्स ।  बंगलादेशले अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ ।

युएईको शारजाहमा जारी सिरिजको दोस्रो खेलमा गएराती बंगलादेशले अफगानिस्तानलाई २ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको बंगलादेशले १९.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि अफगानिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

यो जितपछि बंगलादेशले सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close