नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक अविजित ६८ रन बनाए भने सन्दीप जोराले ६३ रन बनाएका थिए । आसिफ र सन्दीपले चौथो विकेटका लाई सय रनको साझेदारी गरेका थिए ।

त्यसैगरी कुशल भुर्तेलले २, कप्तान रोहित पौडेलले ३, कुशल मल्लले ७ रन बनाएका थिए भने गुलशन झाले ६ र आदील आलमले ११ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिजका बलर अकील होसैन र जकाइल मेयार्सले २-२ विकेट लिए भने जेडीआह ब्लाड़ेसले एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close