वेस्ट इन्डिजले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

खेल हेर्न पुगे नेपाली क्रिकेट समर्थक

पोखरा स्पोर्ट्स ।  नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछपहिलो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ ।

नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल हेर्न युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली क्रिकेट समर्थक उपस्थित भएका छन् ।

युनिटी टी-२० कप नाम दिएको यस सिरिजको पहिलो खेल केहीबेरमा शुरु हुदैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close