नेपाल साफ यू-१७ को सेमिफाइनलमा भारतसँग पराजित

पोखरा स्पोर्ट्स । नेपाल जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।

विहिबार राति सम्पन्न सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित सकिएको खेलमा नेपालले तिनै गोल दोस्रो हाफमा खाएको थियो ।

योसँगै भारत फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ ।

बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close