पाकिस्तानलाई हराउदै बंगालादेश साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा

पोखरा स्पोर्ट्स ।  बंगालादेश  जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै बंगालादेश फाइनलमा प्रवेश गरेको हो ।  

बंगालदेशको जितमा नाज्मुल हुडा फैसल र मोहम्मद ओपु रहमानले एक एक गोल गरेका थिए ।  

बगांलदेशले अब नेपाल वा भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्ने छ ।

नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल आजै राति ७:४५ बजेदेखि हुने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close