राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने

पोखरा स्पोर्ट्स ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ । विहिबार एन्फाले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

त्यस्तै एन्फाले नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त गरेको छ भने वृन्दा देवानलाई टिम व्यवस्थापक, शिला गिरी र विकास गुरुङले क्रमशः फिजियोथेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारी दिइएको छ । 

न्यौपानेले यसअघि पुरुष टिमको यु-२३ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी महिना भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ भने त्यसपछि इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close