
पोखरा स्पोर्ट्स । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान क्विन्टन डी ककले एकदिवसीय क्रिकेटबाट आफ्नो सन्यास फिर्ता लिएका छन् ।
अक्टोबरमा हुने पाकिस्तान भ्रमणका साथै त्यसअघि नामिबियामा हुने एकल टी-२० र एकदिवसीय टिममा समावेश गरिएको छ ।
डि ककले २०२३ को एकदिवसीय विश्वकप पछि ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए र दक्षिण अफ्रिकाका लागि उनको अन्तिम सेतो बल खेल बार्बाडोसमा २०२४ को टी-२० विश्वकप फाइनल खेलेका थिए ।
उनले आधिकारिक रूपमा टी-२० बाट कहिल्यै सन्यास लिएका भने थिएनन्, तर उनलाई दक्षिण अफ्रिकाको कुनै पनि टोलीमा समावेश गरिएको थिएन । यसैबीच, उनी हालै सम्पन्न सीपीएल सहित विश्वभरका टी-२० लिगहरू खेलिरहेका छन् ।
वर्तमान मुख्य प्रशिक्षक शुक्री कोनराडसँगको छलफलमा डिककले फेरि राष्ट्रिय टोलीबाट खेल्ने प्रतिबद्धता व्यक्त गरेपछि उनलाई टिममा समावेश गरिएको बताइएको छ ।
