भियतनामविरुद्ध खेल्ने प्रारम्भिक राष्ट्रिय फुटबल टिमको घोषणा

पोखरा स्पोर्ट्स ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत भियतनामविरुद्ध खेल्ने ३३ खेलाडीको नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ ।

नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्ने तालिका रहेको छ । एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प सेप्टेम्बर २३ देखि शुरु हुने जानकारी दिएको छ ।

नेपाली प्रारम्भक टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अन्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेन्द्र विक, दिपेस गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुञ्जु, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ सन्तोष खत्रिसुबास बम सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा  र योगेश गुरुङ रहेका छन् ।

नेपालले एशियन कप छनौटमा यस अघि खेलेका खेलमा हार बेहोरेको छ । जसमा मलेसियासँग २-० ले लाओससँग २-१ को हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close