
पोखरा स्पोर्ट्स । इएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरेका थिए ।
त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए ।
