एएफसीको एन्फामाथि कारवाही, १० हजार डलर जरीवाना

पोखरा स्पोर्ट्स ।  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गर्दै जरिवाना गरेको छ । 

समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गर्दै १० हजार डलर जरिवाना गरेको छ ।  एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएकोप्रति एएफसीले एन्फामाथि कारबाही गरेको हो । 

एएफसीको अनुशासन समितिले प्रतियोगिताको नियमअनुसार १०६ दिनअघि नाम फिर्ता लिनुपर्नेमा एन्फाले सो नियम अनुसार नगरेको भन्दै नेपाललाई कारबाही गरेको जनाएको छ । 

साथै एएफसीले अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिन नपाउने भएको छ । त्यस्तै अनुशासन समितिले जरिवाना गरिएको रकम सेप्टेम्बर २१ सम्ममा तिर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close