एएफसी यू-२३ एशिया कप छनौटमा आज नेपालले सिरियाको सामना गर्दै

पोखरा स्पोर्ट्स ।   एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले आज दोस्रो खेलमा सिरियाको सामना गर्दैछ ।

ताजिकिस्तानको  दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुने यो खेल नेपाली समय अनुसार ६: ४५ बजेदेखि शरू हुदैछ ।

नेपालले यसअघि खेलेको पहिलो खेलमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्समाथि २-१ को जित हासिल गरेको थियो ।  

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगेको छ । 

नेपाली यू-२३ टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र  विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् ।  

त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close