
पोखरा स्पोर्ट्स । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईमाथि ३१ रनको जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाए पछि खेल ३१ रनले हारेको हो ।
यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।
यो जितपछि पाकिस्तानले सिरिजको ४ खेलमा ३ जितसहित फाइनलमा पुगेको छ ।
त्यस्तै युएईले भने सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको छ र फाइनलमा पुग्न असफल भएको छ ।
अब फाइनल अघि युएईले अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै फाइनल खेल भने पाकिस्तान र अफगानिस्तान आइतबार खेल्ने छन् ।
