पोखरा निन्जाजले होम ग्राउण्डमा सुरू गर्‍यो प्रशिक्षण

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिगका लागि पोखराको फ्रेन्चाइज टिम ‘पोखरा निन्जाज’ पोखरा आइपुगेको छ । आफ्नो होम ग्राउण्डमा आएसंगै टोलीले प्रशिक्षण सुरूवात गरेको छ ।

एभरेष्ट महिला भलिबल लिग शुक्रबारबाट पोखरामा सुरू हुँदैछ । नेपालकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिगमा नेपाली विभिन्न शहरको नाउँबाट ६ टिमको सहभागिता रहेको छ ।

पोखरा निन्जाज टिम तीन जना विदेशी खेलाडीसहित मैदानमा उत्रिने छ ।

राजधानी बाहिर पोखरामा आयोजित दोस्रो संस्करणमा पोखरा निन्जाजले प्रगती नाथलाई मार्की प्लेयरको रुपमा अघि सारेको छ ।

त्यस्तै टिममा पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महरा, भावना तामाङ, गिरिश्मा गुरुङ रहेका छन् ।

त्यस्तै विदेशी खेलाडीहरुमा अदिओला ओवोकोनिरान, लिया बोबन र अनामरिया बेर्दिलारहेको टिमका अपरेशन हेड विकाश खेतानले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी टिमको मुख्य प्रशिक्षकमा रुपेश विष्ट र प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहेका छन् ।

पोखरा निन्जाजले भदौ २० गते हुने उद्घाट्न खेलमा कर्णाली यशविस संग भेट पक्का गरेको छ ।  कर्णाली पहिलो संस्करणको उपाधि विजेता टिम समेत् हो ।  कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close