नेपाल ए ले आसामलाई दियो २०९ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । नेपाल ए क्रिकेट टिमले आसाम राज्यलाई २०९ रनको लक्ष्य दिएको छ ।

जारी सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको हो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए ।

त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।

५ खेलको सिरिजमा दुवै टिमले २-२ खेल जितेकाले यो खेलको विजेताले सिरिज जित्ने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close