आसामसँग आज नेपाल ए को फाइनल खेल

पोखरा स्पोर्ट्स । नेपाल ए र आसाम राज्य टिमबीचको सिरिजको अन्तिम एवं निर्णायक खेल आज हुने भएको छ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजेदेखि हुने छ ।

सिरिजमा यस अघि खेलिएका चार खेलमा दुवैले २-२ खेल जितेपछि आजको खेल फाइनल हुने भएको हो ।

सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएपछि आसामले डिएलएस मेथड अनुसार जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेपाल ए ले ९६ रनको जित हासिल गरेको थियो ।

त्यस्तै तेस्रो खेल पनि नेपाल ए ले ९ रनले जितेको थियो भने चौथो खेलमा नेपाल ए १८ रनले पराजित भएको थियो । 

यो सिरिज खेल्ने नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close