उडिनेससँग पराजित भयो इन्टर मिलान

पोखरा स्पोर्ट्स । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान उडिनेससँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा उडिनेसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

उडिनेसको जितमा केइनान डेभिस र अर्थर अट्टाले एक एक गोल गरेका थिए । त्यसैगरी इन्टर मिलानका लागि एक गोल डेन्जेल डमफ्रिजले गरेका थिए ।

यो जित पछि उडिनेसको २ खेलमा ४ अंक भएको छ भने इन्टर मिलानको २ खेलमा ३ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close