जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

पोखरा स्पोर्ट्स । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ ।

आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २७८ रनको लक्ष्य श्रीलंकाले ४९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले १२२ रनको शतकीय पारी खेलेका थिए भने कप्तान चरिथ असलंकाले ७१ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ७ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले दुई खेलको एकदिवसीय सिरिजमा क्लीन स्वीप गर्दै २-० ले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close