इन्टर मियामीलाई हराउदै सिएटल साउन्डर्सले जित्यो लिग कपको उपाधि

पोखरा स्पोर्ट्स ।  लिग कपको रोमाञ्चक फाइनल खेलमा इन्टर मियामीलाई पराजित गर्दै सिएटल साउन्डर्स एफसीले उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा सिएटलले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिग कप च्याम्पियन बनेको हो । सिएटल साउन्डर्सको जितमा ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पौल रोथ्रोकले एक एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमै अग्रता लिएको सिएटलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै जित सुनिश्चित गरेको थियो । इन्टर मियामीका स्टार खेलाडी लियोनेल मेसीले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

यो जितसहित सिएटल साउन्डर्सले लिग कपमा ऐतिहासिक सफलता हासिल गरेको छ भने इन्टर मियामी उपविजेतामा सीमित भएको छ ।

लिग कपको यो चौथो संस्करण हो । यस अघि २०१९ मा क्रुज अजुल, २०२१ मा लेओन, २०२३ मा इन्टर मियामी र २०२४ मा कोलुम्बस क्रियुले उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close