
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग स्तब्ध भएको छ ।
आइतबार राति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३४औं मिनेटमा इर्लिंग हालान्डको गोलमा शुरुवाती अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा २ गोल खाएको थियो ।
ब्राइटनका लागि जेम्स मिल्नर र ब्राजन ग्रुडाले एक एक गोल गरेका थिए ।
म्यानचेस्टर सिटीको यस सिजनमा यो तेस्रो खेलमा दोस्रो हार हो ।
त्यस्तै ब्राइटनले भने यस सिजनमा पहिलो जित हासिल गरेको छ । ब्राइटनको ३ खेलमा एक जित एक बराबरी र एक हार खेलेको छ ।
