
पोखरा स्पोर्ट्स । साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।
आइतबार सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरी खेलेका हुन् ।
यो खेलपछि नेपालले ६ खेलमा एक जित र एक बराबरीसहित ४ अंक बटुलेर नेपाल तेस्रो हुदै प्रतियोगिताको अन्त्य गरेको छ ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो ।
त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो । त्यस्तै पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो ।
त्यस्तै प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

