
पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ए डिभिजन लिग २०८२ सञ्चालनबारे छलफल गरेको छ ।
बैठकमा एन्फा महासचिव किरण राईले लिग २०८२ पुस ९ गतेदेखि सुरु गर्ने प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना प्रस्तुत गरेका थिए । साथै, उनले लिगको मोडालिटी, मार्केटिङ र अन्य व्यवस्थापकीय पक्षबारे पनि विस्तृत प्रस्ताव अघि सारेका थिए ।
एन्फाको प्रस्तावलाई सहभागी क्लबहरूले सकारात्मक रूपमा लिएका छन् । यस विषयमा अझ प्राविधिक र व्यवस्थापकीय छलफल गर्न एन्फाले आगामी २०८२ भदौ ३१ गते आयोजना गर्ने कार्यशालामा एन्फा र क्लबहरूले संयुक्त रुपमा थप विमर्श गर्ने सहमति भएको छ ।
