
पोखरा स्पोर्ट्स । च्याम्पियन बनेको भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले हराएको छ ।
आइतबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । ३-३ को बराबरी रहेको अवस्थामा इन्जुरी समयको अन्तिम मिनेटमा बंगालदेशले गोल गर्दै खेल जितेको हो ।
बंगलादेशको जितमा पुर्णिमा मार्मा, अल्पी अक्तर, सौरभी अकन्डा प्रिटी र मामोन चक्माले एक एक गोल गरेका थिए । त्यसैगरी भारतका लागि अनुष्का कुमारी, प्रितिका बर्मन र जुलन नोंगमाथेमले एक एक गोल गरेका थिए ।
यस खेलको नतिजाले परिणाममा कुनै असर नगरेपनि बंगलादेशले भारतलाई अपराजित हुदै उपाधि जित्न भने रोकेको छ ।
यो खेलपछि बंगलादेशको ६ खेलमा १३ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको भने ६ खेलमा १५ अंक रहेको थियो ।
प्रतियोगितामा आजै नेपालले आफ्नो अन्तिम खेलमा भुटानको सामना गर्दैछ ।

