
पोखरा स्पोर्ट्स । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले युएईलाई ३१ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । युएईका लागि आसिफ खानले ७७ रन बनाए भने कप्तान मुहमद वासीमले ३३ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर हसन अलीले ३ तथा मुहमद नवाजले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । पाकिस्तानका लागि सैम आयुबले सर्बाधिक ६९ रन बनाएका थिए भने हसन नवाजले ५६ र मोहमद नवाजले २५ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र साघिर खानले ३-३ विकेट लिएका थिए भने हैदर अलीले २ विकेट लिएका थिए ।
यो त्रिकोणात्मक सिरिजमा पाकिस्तानको लगातार दोस्रो जित हो । अब सिरिजको तेस्रो खेल सोमबार अफगानिस्तान र युएईबीच हुदैछ ।

