बोर्नमाउथसँग टोटनह्याम स्तब्ध

पोखरा स्पोर्ट्स । प्रिमियर लिग अन्तर्गत टोटनह्याम बोर्नमाउथसँग स्तब्ध भएको छ ।

गएराति सम्पन्न खेलमा बोर्नमाउथले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथका लागि खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनको तेस्रो खेलमा बोर्नमाउथको दोस्रो जित हो ।

त्यस्तै यस अघि दुई खेल लगातार जितेको टोटनह्यामले आफ्नो यस सिजनको तेस्रो खेलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close