त्रिकोणात्मक टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात

पोखरा स्पोर्ट्स । पाकिस्तानले युएईमा शुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३९ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.५ ओभरमा अल आउट हुदै १४३ रङ बनाएको थियो ।

अफगानिस्तानका लागिकप्तान राशिद खानले ३९ रन बनाए भने रहमतुल्लाह गुरबाजले ३८ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानी बलर हरिस राउफले ४ विकेट लिए भने शाहीन शाह अफ्रिदी, मोहमद नवाज र सुफियान मुक्वीनले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले कप्तान सलमान आघाको ५३ र मोहमद नवाजको २१ तथा फखर जमानको २० रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको थियो । त्यस्तै अफगानिस्तानका बलर फारीद अहमदले २ विकेट लिए भने राशिद खान, मोहमद नावी, अज्मतुल्लाह ओमारजाई, मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close