फेलिक्सको ह्याट्रिकमा अल नासरको शानदार जित

पोखरा स्पोर्ट्स । अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल-तावाउन एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै सिजनको शानदार शुरुवात गरेको हो ।

पहिलो हाफमा १-० ले अगाडी रहेको अल नासरले दोस्रो हाफमा ४ गोल थपेको थियो ।

अल नासरको जितमा जोआओ फेलिक्सले लिगको डेभ्यु खेलमा ह्याट्रिक गरेका थिए ।

त्यस्तै क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । कोम्यानको पनि यो लिगमा डेभ्यु गोल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close