
पोखरा स्पोर्ट्स । कास्कीमा अन्तरविद्यालय छात्र/छात्रा खो–खो प्रतियोगिता शुक्रबारबाट सुरू भएको छ ।
पोखरा रंगशालामा सुरू भएको उक्त प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएको कास्की खोखो संघका अध्यक्ष विशालजङ्ग कुंवरले जानकारी दिएका छन् । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ ८ गरी २० टिमको सहभागिता रहेको कास्की खोखोका सचिब दिवाकर पौडेलले बताए ।
सो प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले गरे ।

उद्घाटन कार्यक्रममा कास्की जिल्ला खेलकुद समितिका उपाध्यक्ष तिलक अधिकारीले कास्कीमा लोकप्रिय हुँदै गएको खेलकुदका लागि आवश्यक जग्गाको खोजी गर्न समितिले पहल गर्ने बताए ।
कार्यक्रममा एनप्यव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, प्रतियोगिताका मुख्य प्रायोजक संस्था टाइम्स एजुकेशनका प्रेम सुवेदीलगायतले आफ्ना भनाई राख्दै प्रतियोगिताले विद्यार्थीहरुलाई सकरात्मक प्रमाव पार्ने बताए ।
अन्तर्राष्ट्रिय खो–खो महासंघको नियमनुसार सञ्चालन भएको प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फ बिजेता टिमले नगद १०–१० हजार, दोस्रोले ७–७ हजार तथा तेस्रो हुने टिमले ४–४ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।


पहिलो पटक पोखरामा
सवैसहयोगि मन हरु र टाइम्स एडुकेशनल कन्सल्टेन्सि लाइ आभार