पोखरा निन्जाजकी सर्वियन खेलाडी केकमान आकस्मिक रूपमा स्वदेश फर्किइन्

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा पोखरा निन्जाजमा अनुवन्ध सर्वियान खेलाडी केकमान आकस्मिक रूपमा स्वदेश फर्किएकी छन् ।

पोखरा निन्जाजले केही दिनअघि मात्र अनुबन्ध भएकी ३१ वर्षीया केकमान आउटसाइड हिटर थिइन् । उनकी आमालाई हृदयघात भएपछि तत्काल स्वदेश फर्किनु परेको पोखरा निन्जाजले जानकारी दिएको छ।

पोखरा निन्जाज टिमले खेलाडीकी आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो कठिन समयमा खेलाडीलाई मानसिक समर्थन र हौसला प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा सञ्चालन हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close