
पोखरा स्पोर्ट्स । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई २-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको विजयी शुरुवात गरेको हो ।
युभेन्टसको जितमा जोनाथन डेभिड र दुसान भ्लाहोलिकले एक एक गोल गरेका थिए ।
त्यस्तै यस खेलमा आन्द्रे काम्बियासोले खेलको ८३औ मिनेटमा रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।
