चौथो पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्रि रेस असोज ११ गते हुदै

पोखरा स्पोर्ट्स । पोखराको खेलकुदको चर्चित कार्यक्रम मध्येको एक पोखरा इन्टरनेशनल माउन्टेन क्रस कन्ट्रि दौडको चौथो संस्करण आगामी असौज ११ गते हुने भएको छ ।

पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड, र चिनिया दुतावासको संयुक्त आयोजनामा हरेक वर्ष हुँदै आएको सो प्रतियोगितामा विशेष गरी चीनिया र नेपाली धावकहरूको सहभागिता हुदै आएको छ ।

‘साझा समृद्धिका लागि दौड’ भन्ने मुल नाराका साथ आयोजना हुने उक्त प्रतियोगितालाई चिनस्थित युनान माउन्टेनियरिङ्ग एण्ड आउटडोर स्पोर्टस एसोसियसन र हिमालयन टुरिजम फोरमको समन्वयमा हुने छ ।

प्रतियोगितामा १ हजार भन्दा बढि खेलाडीहरु सहभागिता हुने सो क्रस कन्ट्रिका संस्थापक मध्येका एक विश्वशंकर पालिखेले जानकारी दिएका छन् ।

मुख्य आकर्षणमा रहेको ट्रेल रेसको रुट यो वर्ष परिवर्तन गरिएको संस्थापक अध्यक्ष पालिखेले जनाएका छन् । इन्डिभिजुअल ट्रेल रेस पोखरा १७ स्थित छोरेपाटनबाट सुरू भइ स्याङजाको फेदीखोलामा पुगेर सम्पन्न हुनेछ । त्यस्तै समुह ट्रेल रेस (५० किमि) वाराही घाटस्थित फेवातालबाट सुरू भई पोखरा २२, २३, २४ र १८ हुँदै वाराहीघाटमा पुगेर सम्पन्न हुनेछ ।

यस्तै, विद्यालयस्तरबाट नै खेलाडी उत्पादन होस भन्ने उद्धेश्यका साथ छात्र/छात्रा दौड (कक्षा १० सम्म) समेत जोडिएको छ । सो दौडमा छात्र/छात्रातर्फ ६ सय जनाको सहभागिता हुनेछ ।

छात्र/छात्रातर्फ आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ । जसमा प्रथम, द्वितिय र तृतियलाई नगद रु ३० हजार, २५ हजार र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र तथा चौथो देखि छैटौं सम्मका बिजेतालाई जनही नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

पोखराको मेगा इभेन्टको रुपमा हुदै आएको सोे प्रतियोगितामा हरेक वर्ष चिनिया धावकहरु विमान चार्टर गरेर सोझै पोखरा आउने भएकोले पनि यो प्रतियोगिताको महत्व रहेको र खेलकुदमार्फत पर्यटन प्रवर्द्धनका लागि भूमिका खेलेको अध्यक्ष पालिखेले जनाएका छन् ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close