संघर्षपूर्ण खेलमा दर्शिल कोरियन खेलाडी बाङसंग पराजित

पोखरा स्पोर्ट्स । नेपाली युवा टेनिस प्रतिभावान खेलाडी दर्शिल श्रेष्ठ हाइनान प्रान्त, चीनमा जारी रोल्यान्ड गारोस जुनियर सिरिज टेनिसमा पराजित भएका छन् ।

शुक्रबार सम्पन्न खेलमा दर्शिल कोरियन खेलाडी बाङ जोन हुयुनसंग ३–१ ले हार बेहोरेका हुन् । पहिलो सेट २–६ ले गुमाएका दर्शिलले ७–६ ले दोस्रो सेट आफ्नो पक्षमा पारे । सुपरटाईमा पुगेको अन्तिम सेट उनले ६–३ ले लिड गर्दै बाङलाई दबाबमा राखे पनि आफ्नै सर्भमा उनले बाङलाई अङ्क सुम्पिन पुगे र अन्तिममा ९–११ ले खेल बाङलाई सुम्पिए ।

दर्शिलले आफ्नो अन्तिम खेल भोली खेल्दैछन् । उनले हाल सम्म तीनमा हार र २ खेलमा जित निकालेका छन् ।

रोल्यान्ड गारोस जुनियर सिरिज उदयीमान टेनिस खेलाडीहरूलाई उच्चस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर दिने प्रतिष्ठित श्रृंखला हो, जसले भविष्यमा ग्रान्डस्लाम प्रतियोगितातर्फ अग्रसर हुने बाटो खल्ने छ ।

फ्रेन्च ओपन जुनियर टेनिसका लागि पहिलो चरणको छनौट रहेको प्रतियोगितामा साउथ एसिया र साउथ इष्ट एसियाका विभिन्न देशका २४ जना खेलाडीहरुले सिरिजमा सहभागिता जनाएका छन् ।

एसिया भित्रका विभिन्न जोनको सिरिजबाट छनौट हुने खेलाडीहरुको अन्तिम छनौट खेल भने जापानमा हुनेछ । उक्त छनौट खेल एसियालीस्तरको हुनेछ । सो प्रतियोगितामा बिजेता दुई खेलाडी ग्रान्डस्लाममा सहभागिता जनाउने छन् ।

एसिया भित्रका विभिन्न जोनको सिरिजबाट छनौट हुने खेलाडीहरुको अन्तिम छनौट खेल भने जापानमा हुनेछ । उक्त छनौट खेल एसियालीस्तरको हुनेछ । सो प्रतियोगितामा बिजेता दुई खेलाडी ग्रान्डस्लाममा सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close