एशिया कप क्रिकेटमा भारतले पाकिस्तानसँग खेल्न सरकारले नरोक्ने

पोखरा स्पोर्ट्स ।  भारतीय राष्ट्रिय क्रिकेट टिमले आगामी एशिया कपमा पाकिस्तानसँग खेल्ने अन्योलता हटेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारत सरकारले भारतीय क्रिकेट टिमलाई एसिया कपमा भाग लिनबाट नरोक्ने उल्लेख गरेको छ। भारतले यस प्रतियोगितामा सेप्टेम्बर १४ मा पाकिस्तानसँग खेल पनि खेल्नु पर्ने तालिका रहेको छ ।

खेलकुद मन्त्रालयको स्रोतलाई उदृत गर्दै पिटीआईले भारत र पाकिस्तानका टिम द्विपक्षीय खेल नखेल्ने तर एसिया कप जस्ता बहु-राष्ट्रिय प्रतियोगिताहरूमा खेल्नबाट नरोक्ने भएको हो । 

भारतको खेलकुद मन्त्रालयले भारतीय टोलीहरूले पाकिस्तानमा हुने प्रतियोगिताहरूमा भाग नलिने र पाकिस्तानी टोलीहरूलाई भारतमा खेल्न पनि नदिने नीति लिएको छ यद्यपि, बहु-राष्ट्रिय प्रतियोगिताहरू भने प्रभावित नहुने नीति बनाएको उल्लेख गरेको छ ।

भारतले हालै एसिया कपको लागि १५ सदस्यीय भारतीय टोलीको घोषणा गरिसकेको छ । भारतले यस प्रतियोगितामा सूर्यकुमार यादवको नेतृत्वमा खेल्नेछ । यस टोलीका उपकप्तान शुभमन गिल हुनेछन् । ए

एसिया कप सेप्टेम्बर ९ देखि २८ सम्म युएईमा आयोजना हुँदैछ। भारतीय टोलीले एसिया कपमा आफ्नो अभियान सेप्टेम्बर १० मा युएईसँग सुरु गर्नेछ । यसपछि, यो सेप्टेम्बर १४ मा पाकिस्तानसँग खेल्नेछ र त्यसपछि समूह चरणमा यसको अन्तिम खेल सेप्टेम्बर १९ मा ओमानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close