एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : गण्डकीको खेलकुद विकासका लागि अवसर

पोखरा स्पोर्ट्स /केशव पाठक/तस्विरः सुदर्शन रञ्जित । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजना हुने देशकै प्रतिष्ठित र चर्चित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।

यसअघि हरेक वर्ष राजधानी काठमाडौंमै सीमित रहने यो कार्यक्रम यसपटक पहिलोपटक राजधानीको चौघेरा पार गर्दै पोखरामा आयोजना हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा केवल सुन्दर पर्यटकीय गन्तव्य र लाहुरे बस्ती मात्र नभई खेलकुदको गौरवशाली इतिहास बोकेको शहर पनि हो ।

आयोजनाका हिसावले नेपाली खेलकुदका लागि मात्रै नभई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यो अवार्ड खेलाडीका लागि मात्र नभई समग्र गण्डकी प्रदेशको खेलकुद विकासका लागि अवसरका रूपमा रहनेछ । यसका साथै एनएसजेएफ अवार्ड मध्येको एक पिपल्स च्वाइस अवार्डमा गण्डकीको निरन्तर दबदबाले पनि आयोजकले यसतर्फ पक्कै सोचेको हुनुपर्छ ।

यस्तै पृष्ठभूमिमा पोखरामा आयोजना हुने यो अवार्ड गण्डकी प्रदेशका लागि ठूलो अवसर हुनेछ । यसले केवल यहाँका खेलाडीलाई प्रोत्साहन गर्ने मात्र होइन, प्रदेशको खेल गतिविधिलाई भविष्यमा नयाँ उचाइमा पुर्‍याउने आधार पनि तयार गर्नेछ ।

यसअघि हरेक वर्ष राजधानी काठमाडौंमै सीमित रहने यो कार्यक्रम यसपटक पहिलोपटक राजधानीको चौघेरा पार गर्दै पोखरामा आयोजना हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा केवल सुन्दर पर्यटकीय गन्तव्य र लाहुरे बस्ती मात्र नभई खेलकुदको गौरवशाली इतिहास बोकेको शहर पनि हो । प्रदेशबाट हालसम्म ९ जना ओलम्पियन जन्मिएका छन् भने यहाँबाट उदाएका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गण्डकीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन पुर्‍याएको योगदानलाई स्मरण गर्दै, २२ वर्षपछि राजधानी बाहिर आयोजना हुन लागेको यो अवार्ड नेपाली खेलकुद जगतका लागि विशेष अवसर बनेको छ ।

नेपाली फुटबलको जगलाई बलियो बनाउन साढे दुई दशक देखि यता निरन्तर क्रियाशिल सहारा क्लब पोखरा र पोखराको खेलकुदको शहर हो भन्ने सन्देश आफ्नो फोटोग्राफीको माध्यमद्वारा विश्व माझ पुर्‍याउने अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित अवार्डमा प्रदान गरिने महत्वपूर्ण अवार्ड मध्येको एक स्पेसियल अवार्डबाट सम्मानित भएका छन् ।

भलिबल, फुटबल, एथलेटिक्सदेखि सहासिक खेलसम्म गण्डकीका खेलाडीहरूले निरन्तर प्रदेशलाई गौरवान्वित बनाउँदै आएका छन् । पोखराका खेलाडीहरूले एशियाली तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर इतिहास रचेका उदाहरणहरू थुप्रै छन् । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका पहिलो प्रशिक्षक बन्ने गौरवदेखि लिएर गण्डकीका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय मैदानमा देखाएको कौशलता विशेष उल्लेखनीय छ ।

यस्तै पृष्ठभूमिमा पोखरामा आयोजना हुने यो अवार्ड गण्डकी प्रदेशका लागि ठूलो अवसर हुनेछ । यसले केवल यहाँका खेलाडीलाई प्रोत्साहन गर्ने मात्र होइन, प्रदेशको खेल गतिविधिलाई भविष्यमा नयाँ उचाइमा पुर्‍याउने आधार पनि तयार गर्नेछ ।

एनएसजेएफले यसपटक पोखरालाई रोज्नुको कारण प्रष्ट पार्दै भनेको छ–“पोखरा देशकै खेलकुदको केन्द्र हो । यहाँका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाएका छन् । त्यसैले अवार्डलाई राजधानीबाहिर ल्याई प्रदेशमै गर्ने निर्णय ऐतिहासिक छ ।”

पहिलोपटक स्पोर्ट्स अवार्ड राजधानीको चौघेरा पार गर्दै पोखरा आउनु स्वयं आश्चर्यजनक विषय बनेको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सर्वाधिक लोकप्रिय ‘पिपल्स च्वाइस’मा निरन्तर वर्चस्व कायम गर्दै आएका खेलाडीहरूको सफलता प्रमाणित गर्छ कि पोखरा यो अवार्डको साँचो हकदार पनि हो ।

स्पोर्ट्स अवार्डको मुख्य आकषर्णमा रहेको पिपल्स च्वाइस अवार्डमा पाँच जना गण्डकीका खेलाडीहरुले झण्डा गाडेका छन् । जसमा भलिबलको अधिपत्य रहेको छ । गण्डकीले जन्माएका मन्जु गुरूङ, सिपोरा गुरूङ, झरना गुरूङ जसले एक छत्र नेपाली भलिबलमा राज गरे । उनीहरु पिपल्स च्वाइसबाट सुशोभित भए ।

त्यस्तै, अहिलेका चर्चित खेलाडी नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र सरस्वती चौधरीले समेत यो अवार्डमा आफ्नो दवदबा कायम गर्दै नेपाली खेलकुदमा आफूलाई मात्रै नभई गण्डकीको शाखलाई माथी उठाउने कार्यमा उत्तिकै भूमिका खेले ।

नेपाली फुटबलमा लामो समय देखि आफ्नौ कौशलता प्रदान गर्ने सावित्रा भण्डारी ‘साम्वा’ समेत पल्सर स्पोर्ट्स अवार्ड प्राप्त गर्ने खेलाडी मध्येकी एक हुन् । उनी लमजुङकी हुन् ।

यस्तै नेपाली फुटबलको जगलाई बलियो बनाउन साढे दुई दशक देखि यता निरन्तर क्रियाशिल सहारा क्लब पोखरा र पोखराको खेलकुदको शहर हो भन्ने सन्देश आफ्नो फोटोग्राफीको माध्यमद्वारा विश्व माझ पुर्‍याउने अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित अवार्डमा प्रदान गरिने महत्वपूर्ण अवार्ड मध्येको एक स्पेसियल अवार्डबाट सम्मानित भएका छन् ।

सन २०१९ मा इन्डोनेशियामा सम्पन्न १८ औं एसियाडमा पदक नेपाललाई पदक विहिनको अवस्थाबाट जोगाउन नेपाली प्याराग्लाइडिङ टोलीले रजत पदक जित्न सफल रह्यो । त्यो इतिहास पनि पोखरेली खेलाडीहरुबाट नै सम्भव भयो । इतिहास रच्न टिमका सदस्य कान्छा खेलाडी रहेका युकेश गुरूङ र टिमलाई आफ्नो अनुभवबाट जित दिलाउन भूमिका खेल्ने प्रशिक्षक योगेश भट्टराईको भूमिका महत्वपूर्ण रह्यो । टिमसहित युकेश र योगश समेत उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकको रुपमा पल्सर स्पोर्टस अवार्डको बिजेता बने ।

त्यस्तै, २२ औं सस्करणमा पिपल्स च्वाइस अवार्ड अन्तर्गत गण्डकी प्रदेशबाट गण्डकी भलिबल टिमका महत्वपूर्ण खेलाडी हिमाल सुनारी परेका छन् । अन्य विद्यागत अवार्डको अन्तिम सूची आउन बाँकी छ । तर पनि सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षक को होला भन्ने चर्चा भने सुरू भइसकेको छ ।

यो अवार्ड अवार्डका लागि मात्रै होइन यो अवार्ड समग्र गण्डकीको खेलकुद विकासका लागि नयाँ आयाम समेत हुनेछ । खेलाडीलाई प्रेरित गर्ने मात्र नभई यस अवार्डमार्फत गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद मानचित्रमा उजागर गर्दै खेलकुदको विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्नका लागि समेत महत्व राख्ने छ ।

पोखरामा फुटबल यात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल आहा रारा पोखरा गोल्डकप र पोखरा अन्तर्राष्ट्रिय म्याराथनले दुई दशक लामो यात्रा पूरा गरिसकेका छन् । त्यस्तै बगर भाइ खलक एट ए साइड भेट्रान फुटबल, टाइगर कप भलिबल, सहासिक खेलकुदको लोकप्रिय कार्यक्रम हिमालयन एक्सट्रिम ट्रायथलन, नेपाल–चीन मैत्रीपूर्ण दौड, इन्ड्युरो कप साइक्लिङ र ड्रागन बोट रेसले समेत पोखरालाई खेलकुदमार्फत विश्वमानचित्रमा चिनाउन महत्त्वपूर्ण योगदान दिएका छन् । यी प्रतियोगितालाई अझै सुदृढ र स्थापित बनाउन यस अवार्डले विशेष भूमिका खेल्ने छ ।

यससँगै, खेलकुदमार्फत स्थानीय आर्थिक गतिविधि बढाउने, खेलाडीलाई अवसर दिने र समुदायमा खेलकुदप्रतिको आकर्षण र भावनालाई थप प्रबलीकरण गर्ने लक्ष्य पनि यस अवार्डसँग जोडिएको छ । खेलाडीलाई मात्र सम्मान गर्ने मञ्च नभई गण्डकी प्रदेशकै खेलकुदलाई नयाँ दिशातर्फ अघि बढाउने आधारशिला बन्ने भएकाले यो अवार्ड सफल बनाउन पोखरेलीसहित सबै सरोकारवालाले ठूलो जिम्मेवारी आवश्यकता छ । यसबाट नयाँ पुस्तालाई खेलकुदमार्फत अझ निखार दिन र पोखराको खेलकुद इतिहासलाई जर्गेना गर्ने दिशामा टेवा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close