
पोखरा स्पोर्ट्स । नेपाली काँग्रेस निकट लोकतन्त्रिक खेलकुद संघको गण्डकीको अध्यक्षमा विद्या प्रसाद मर्सानी सर्वसम्मत निर्वाचित भएका छन् ।
तदर्थ समिति गठन भएको करिब चार वर्षपछि सम्पन्न प्रथम अधिवेशनले अध्यक्ष मर्सानीसहित २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । पूर्व बक्सिङ प्रशिक्षकसमेत रहेका मर्सानी हाल गण्डकी प्रदेश बक्सिङ संघका अध्यक्ष हुन् ।
पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले उपाध्यक्षद्वयमा मदन केसी र पवित्रा थापा, सचिबमा मनीराज थापा मगर, कोषाध्यक्षमा हरि प्रसाद खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै चार सहसचिवमा हरिमाया आचार्य, सुमन श्रेष्ठ, मिन भण्डारी र भोला प्रसाद गुरूङ निर्वाचित भए ।
कार्यसमिति सदस्यमा सुरेश सुवेदी, विदुर चन्द्र ढकाल, विश्व तन्डुकार, रमेश कुमार थापा, इन्द्रा कुमारी मल्ल, त्रिभुवन बाँनिया गुप्ता, देवेन्द्र केसी, विन्दु मल्ल, विष्णु प्रसाद अधिकारी, भरत कुमार आले, रबिन्सन प्रजु, पवन प्रजापती, मइन बहादुर गर्वुजा, लिलाधर ढकाल, पुनम घर्ती मगर र मोहन गुरूङ रहेका छन् ।
सदस्यमा निर्वाचित इन्द्रा मल्ल र रविन्सन प्रजु प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य हुन् ।
यस अघि सो अधिवेशनको उद्घाटन नेपाली काँग्रेस पार्टी उपसभापती एवं पूर्व मन्त्री धनराज गुरूङले गरेका थिए ।
यस अघि लोकतान्त्रिक खेलकुद संघको गण्डकीको तदर्थ समितिको अध्यक्षमा सिनियर तेक्वान्दो खेलाडी हरिश्वर पोख्रेल रहेका थिए । पछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
