शारीरिक सुगठन टोली थाइल्यान्ड प्रस्थान गर्दै

पोखरा स्पोर्ट्स । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

भदौ २ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुष ८५ केजी तौल समूहमा ग्रेस महर्जन र महिला एथलेटिक फिजिकतर्फ उर्मिला श्रेष्ठले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछन् ।

सात सदस्यीय टोलीमा खेलाडी बाहेक अफिसियल दिनेशकुमार राजभण्डारी, प्रशिक्षक रुजेश शाही, निर्णायक प्रतापकाजी बरिया तथा सहयोगी प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close