बायर्न म्युनिखले जित्यो डिएफएल सुपरकपको उपाधि

पोखरा स्पोर्ट्स ।  बायर्न म्युनिखले यस बर्षको डिएफएल सुपरकप जितेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले भिएफबी स्टुटगार्टलाई २-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको डिएफएल सुपरकप जितेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केन र लुइस डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी भिएफबी स्टुटगार्टका लागि एक गोल जामी लेवेलिंगले गरेका थिए ।

डिएफएल सुपरकप हरेक बर्ष गत सिजनको बुन्डेसलिगा र डिएफबि पोकल विजेता टिमबीच खेल्ने गरिन्छ । कुनै बर्ष दुवै उपाधि एकै क्लबले जितेमा डिएफबि पोकलको उपविजेताले सुपर कप खेल्ने गर्दछ । 

डिएफएल सुपरकपको उपाधि अहिलेसम्म बायर्न म्युनिखले सबैभन्दा बढी ११ पटक जितेको छ ।  त्यस्तै बोरुसिया डोर्टमण्डले ६ पटक यो उपाधि जितेको छ । बायर्न म्युनिखले यो उपाधि २०२२ पछि यस बर्ष जितेको हो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close