नेपालमा हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

पोखरा स्पोर्ट्स । नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पुरा भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । कार्कीले पावरलिफ्टिङको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० बढी खेलाडी सहभागी हुन लागेको जानकारी दिए ।

प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी तीन विधा समावेश गरिएको छ । हरेक विधामा १६ वटा तौल समूहलाई समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १ हजार १ सय ५२ वटा फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक तौल र उमेर समूह अन्तर्गतको खेलमा पहिलो, दितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप मेडल, ट्रफी र आकर्षक उपहार प्रदान गरिने बताईएको छ ।

नेपालमा पहिलो पटक नीजि क्षेत्रको संस्थाले एन्टिडोपिङ परिक्षण गराएर अन्तराष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गर्न लागिएको आयोजकले बताएको छ । प्रतियोगिता तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close