किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

पोखरा स्पोर्टस ।  नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको लिग खेल्ने भएका छन् ।  चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका हुन् ।

किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् ।

सन् २००७ देखि राष्ट्रिय टोलीको गोलकिपरको रुपमा खेल्दै आएका ३५ वर्षीय किरण पछिल्लो समय क्लब विहीन थिए । यो उनको चौथो विदेशी क्लब हो । 

यो सम्झौतासँगै किरण नेपाली राष्ट्रिय टिमका सहकर्मी आयुष घलानसँगै लिग खेल्ने भएका छन् । २१ वर्षीय घलान पनि बंगलादेश पुलिस क्लबमा आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close