बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिने एन्फाले जानकारी दिएको छ ।

यस खेलका लागि घोषणा गरिएको ३० सदस्यीय प्रारम्भिक टिममा अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अन्जन विष्ट, अरिक विष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र विक, गिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, रणदीप पौड्याल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, स्म्वाश बम, सृजनराज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close