साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा

पोखरा स्पोर्ट्स ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा गरेको छ । आइतबार एन्फाले २३ सदस्यीय महिल यू-१७ टिमको घोषणा गरेको हो । 

अगस्त २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ । 

नेपालले यस प्रतियोगितामा अगस्त २० मा भारतसँग, अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ । 

नेपाली खेलाडी

गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।

डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।

मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक,  बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।

फरवार्ड:  अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close