पाकिस्तानी क्रिकेटर अली बेलायतमा पक्राउ, बोर्डले गर्यो निलम्बन

पोखरा स्पोर्ट्स ।  पाकिस्तानी क्रिकेटर हैदर अली बेलायतमा पक्राउ परेका छन् ।

अलीलाई एक महिलाको उजुरीमा म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको मिडिया रिपोर्टमा उल्लेख छ । अगस्ट ४, २०२५ मा महिलाको उजुरीमा २४ वर्षीय अलीलाई पक्राउ गरिएको थियो । उनले महिलालाई जुलाई २३ मा बलात्कार गरेको उजुरीपछि पक्राउ परेको बताइएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका अलीलाई थप अनुसन्धान नभएसम्म जमानत दिइएको छ तर अनुसन्धान पूरा नभएसम्म उनी बेलायत छोड्न अनुमति भने दिइएको छैन ।

पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरेको छ ।

हैदर अलीले २०२० मा राष्ट्रिय क्रिकेट टोलीको लागि डेब्यू गरेका थिए। त्यसबेलादेखि उनले ३५ टी-२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले ग्रेटर म्यानचेस्टर पुलिसले क्रिकेटर हैदर अली विरुद्ध भइरहेको आपराधिक अनुसन्धानको बारेमा जानकारी गराएको उल्लेख गर्दै यो अनुसन्धान ‘पाकिस्तान शाहिन्स’ द्वारा हालैको इङ्गल्याण्ड भ्रमणको क्रममा भएको घटनासँग सम्बन्धित रहेको उलेख गरेको छ ।

पीसीबीले अलीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ र यस राष्ट्रिय क्रिकेटरलाई पीसीबीले कानुनी सहयोग दिएको उल्लेख गरेको छ ।

साथै बोर्डले बेलायतको कानुनी प्रक्रियालाई पूर्ण रूपमा सम्मान गर्ने भन्दै हैदर अलीलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको छउल्लेख गरेको छ । साथै कानुनी प्रक्रिया पूरा नभएसम्म, पीसीबीले यस विषयमा थप कुनै टिप्पणी नगर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close